अन्तिम ८ मिनेटमा बढ्यो बजार, १३२ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । अन्तिम ८ मिनेटमा कारोबारी हावी हुँदा बजारमा सामान्य सुधार देखिएको छ ।

निकै उतार चढाबकाबिच बजार मापन गर्ने सूचक ५.९१ अंकले बढेर परिसूचक २०७६.५० बिन्दु कायम भएको छ ।
३०२ कम्पनीको १ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८९५ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १११ कम्पनीको घटेको छ ।

कारोबारमा विकास बैंक ९६.०७, वित्त ११६.४४, उत्पादन तथा प्रशोधन ५.९४, माइक्रोफाइनान्स १२.५८ निर्जीबन बिमा ४३.७० र अन्य समूहको उपसूचक १८.८० अंकले बढेको छ । कारोबारमा बैंकिङ समूहको २.०९, होटल ८.०१, जलविद्युत ३.७५, जीवन बिमा समूहको उपसूचक २८.७२ अंकले घटेको छ ।

कारोबारमा नेपाल फाइनान्स, बोटलर्स नेपाल बालाजु, पाँचथर पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबारमा समाज लघुवित्त वित्तीय वित्तीय संस्था, जोशी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको १७ करोड १७ लाख ७४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः गोर्खा फाइनान्स र प्राइम बैंकको संस्थापक सेयर रहेको छ ।


क्लिकमान्डु