सन नेपाल लाइफ इन्स्योरेन्सले प्रतिहजार बीमा बराबर ७५ रुपैयाँसम्म बोनस दिने



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रतिहजार बीमालेख बराबर अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट बोनस दिने भएको हो ।

कम्पनीले सन लाइफ सावधिक जीवन बीमालेख र भाग्योदय जीवन बीमालेख अवधि अनुसार न्युनतम ३० देखि ५० रुपैयाँसम्म बोनस दर कायम गरेको छ । यस्तै बाल समृद्ध जीवन बीमालेख र सुनौलो सावधिक जीवन बीमालेखमा पनि न्युनतम ३० देखि अधिकतम ५० रुपैयाँ बोनस कायम गरेको छ।

यस्तै नवीन आजिवन बीमालेखमा ३८ रुपैयाँ देखि ७५ रुपैयाँ बोनसदर कायम गर्दा सार्थक आजीवन बीमालेखमा ४२ रुपैयाँ र सिमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावधिक बीमा योजनाहरुमा २५ रुपैयाँ देखी २७ रुपैयाँसम्म बोनसदर कायम गरेको हो ।

कम्पनीले धनञ्जय बार्षिक अग्रिम भुक्तानी जीवन बीमालेखमा पनि २५ रुपैयाँदेखी २७ रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।
कम्पनीले कायम गरेको बोनस दर बीमालेखको अवधि अनुसार फरक छन् । थोरै अवधिका बीमालेखमा न्युनतम मुल्य कायम गरिएको छ भने धेरै अवधिमा बीमालेखमा अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरिएको छ।


क्लिकमान्डु