सिंगटी हाइड्रो इनर्जीको हकप्रद सेयर निष्कासन, कसले पाउँछ आवेदन दिन ?



काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीले हकप्रद सेयर निष्कासन गरेको छ ।

कम्पनीले १ः१ अनुपातमा प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब ४५ करोड रुपैयाँ १ करोड ४५ लाख कित्ता सेयर हकप्रद निष्कासन गरेको हो ।

पुस २१ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले २२ गते बुक क्लोज गरेको छ । सिंगटी हाइड्रोले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले आजदेखि फागुन २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यसमा कुमारी क्यापिटलले बिक्री प्रबन्धक रहेको छ ।सेयरमा कुमरी क्यापिटल र कुमारी बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ ।

धितोपत्र बोर्डबाट सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ ।


क्लिकमान्डु