सेयर बजारबाट ७ महिनामा उठ्यो २८६ करोड बढी लाभकर, गत वर्षभन्दा ८१% ले बढ्यो



काठमाडौं । सरकारले सेयर बजारबाट चालु आर्थिक वर्षको ७ महिनामा २ अर्ब ८६ करोड ६० लाख २६ हजार ८०६ रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ ।

सीडीएससीका अनुसार साउनदेखि माघ मसान्तसम्ममा व्यक्तिगत तथा संस्थागत लगानीकर्ता, कर्पोरेट र स्टक डिलरबाट उक्त परिमाणमा लाभकर उठेको हो ।

यो रकम गत आर्थिक वर्षको ७ महिनाको तुलनामा ८१.३९ प्रतिशतले बढी हो । गत आवको साउनदेखि माघ महिनासम्म राज्यले १ अर्ब ५८ करोड रुपैयाँ पुँजीगत लाभकर उठाएको थियो । गत आवको तुलनामा यो वर्ष लाभकर बढेको छ ।

यो अवधिमा सेयर बजारमा उल्लेख्य सुधार नभएपनि कारोबार रकममा बढोत्तरी हुँदा राज्यले पाउने पुँजीगत लाभकर पनि केही बढेको सिडिएससीले जनाएको छ ।

हाल दीर्घकालीन लगानीकर्ताले ५ र अल्पकालीन कारोबारीले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन् ।

सरकारलाई ७ महिनाको अवधिमा कर्पोटेर लगानीकर्ता र स्टक डिलरले २९ करोड २५ लाख ३ हजार ३५३ रुपैयाँ लाभकर तिरेका छन् । त्यस्तै व्यक्तिगत अल्पकालीन कारोबारी र दीर्घकालीन लगानीकर्ताले सेयर कारोबार गरेर ७ महिनामा राज्यलाई २ अर्ब ५७ करोड ३५ लाख २३ हजार ४५३ रुपैयाँ लाभकर तिरेका छन् ।

सीडीएससीका साउनमा ४० करोड ८ लाख ९१ हजार रुपैयाँ उठेको थियो । भदौमा १४ करोड ६ लाख ९ हजार २४३ रुपैयाँ, असोजमा २१ करोड ९५ लाख ७९ हजार ४२६ रुपैयाँ, कात्तिकमा ८ करोड ४१ लाख ५४ हजार ५६६ रुपैयाँ पुँजीगत लाभकर उठेको छ । कात्तिकमा दसैंतिहारलगायत चाडपर्वका कारण केही दिनमात्रै कारोबार हुँदा पुँजीगत लाभकर पनि कम उठेको छ।

मंसिरमा ३० करोड ५३ लाख २४ हजार ७८३ रुपैयाँ, पुसमा ७४ करोड ३९ लाख १३ हजार २२९ रुपैयाँ र माघमा ९७ करोड २० लाख ३ हजार ७७३ रुपैयाँ पुँजीगत लाभकर उठेको छ ।

साउनमा व्यक्तिगत दीर्घकालीन लगानीकर्ताले १० करोड १५ लाख ८५ हजार ४५६ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले २२ करोड ४७ लाख १२ हजार २६७ रुपैयाँ, संस्थागत लगानीकर्ताले ७ करोड ४१ लाख ३५ हजार ३८४ रुपैयाँ र स्टक डिलरले ४ लाख ५८ हजार ६७७ रुपैयाँ लाभकर तिरेका छन् ।

यस्तै भदौमा व्यक्तिगत दीर्घकालीन लगानीकर्ताले ५ करोड ६७ लाख ६२ हजार ८७४ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले ७ करोड ६६ लाख ५ हजार ४६७ रुपैयाँ, संस्थागत लगानीकर्ताले ६५ लाख ६ हजार ७४२ रुपैयाँ र स्टक डिलरले १ लाख ९४ हजार १५९ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् ।

असोजमा दीर्घकालीन लगानीकर्ताले ५ करोड ५१ लाख ६० हजार ३३ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले १४ करोड ९८ लाख ३३ हजार ९३२ रुपैयाँ, संस्थागत लगानीकर्ताले १ करोड ४५ लाख ४२ हजार ५१३ रुपैयाँ र स्टक डिलरले ४२ हजार ९४६ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् ।

कात्तिकमा दीर्घकालीन लगानीकर्ताले २ करोड ६९ लाख १८ हजार ६२३ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले ४ करोड ६० लाख ४१ हजार ८२४ रुपैयाँ, संस्थागत लगानीकर्ताले १ करोड ११ लाख ९३ हजार ८५० रुपैयाँ र स्टक डिलरले २६७ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् ।

मंसिरमा दीर्घकालीन लगानीकर्ताले ९ करोड २४ लाख ३१ हजार ५८९ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले १४ करोड १४ लाख ६४ हजार १२१ रुपैयाँ, संस्थागत लगानीकर्ताले ७ करोड १२ लाख ८ हजार ३ रुपैयाँ र स्टक डिलरले २ लाख २१ हजार ६९ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् ।

यस्तै पुसमा कर्पोटेर लगानीकर्ता र स्टक डिलरले ४ करोड ६५ लाख ४१ हजार २०६ रुपैयाँ लाभकर तिरेका छन् । त्यस्तै व्यक्तिगत अल्पकालीन कारोबारी र दीर्घकालीन लगानीकर्ताले सेयर कारोबार गरेर राज्यलाई ६९ करोड ७३ लाख ७२ हजार २२ रुपैयाँ लाभकर तिरेका छन् ।

पुसमा अवधिमा सबैभन्दा बढी पुँजीगत लाभकर व्यक्तिगत अल्पकालीन कारोबारीले ५२ करोड ४४ लाख ७२ हजार १८७ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । व्यक्तिगत दीर्घकालीन कारोबारीले १७ करोड २८ लाख ९९ हजार ८३५ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् ।

माघमा सेयर लगानीकर्ताले कर्पोरेट लगानीकर्ताले ६ करोड ७४ लाख ५८ हजार ५३५ रुपैयाँ लाभकर तिरेका छन् ।

यस्तै माघ महिनामा मात्रै व्यक्तिगत दीर्घकालीन कारोबारीले १६ करोड ३१ लाख ५७ हजार ७०८ रुपैयाँ लाभकर तिरेका छन् । यस्तै व्यक्तिगत अल्पकालीन कारोबारीले ७४ करोड १३ लाख ८७ हजार ५२९ रुपैयाँ लाभकर तिरेका छन् ।


क्लिकमान्डु