नोक्सान घटाउँदै अप्पर तामाकोशी, प्रतिसेयर आम्दानी ऋणात्मक



काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा अप्पर तामाकोशी हाईड्रोपावर कम्पनीक नोक्सानमा रहेको छ ।

पुस मसान्तसम्म कम्पनी २५ करोड ७६ लाख ४० हजार ५२९ रुपैयाँ नोक्सानमा रहेको छ । गत आवको सोही अवधिमा ८२ करोड ४८ लाख ४६ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा आइपुग्दा कम्पनीले नोक्सान घटाइरहेको छ ।

कम्पनीले विद्युत बिक्री गरेर ५ अर्ब ३५ करोड ६३ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिमा ४ अर्ब ९८ करोड ५१ लाख ८६ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको अन्य स्रोतबाट हुने आय ४ लाख ७ हजार ९१० रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ५ लाख ११ हजार ५०० रुपैयाँ रहेको थियो ।

१९ अर्ब ४७ करोड ८० लाख ४७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेर्न अर्निङ ७ अर्ब ५७ करोड ४० लाख ६५ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी १ रुपैयाँ ३२ पैसा ऋणात्मक रहेको छ भने प्रति सेयर नेटवर्थ ६१ रुपैयाँ ११ पैसा रहेको छ ।


क्लिकमान्डु