नेपाल टेलिकमको नाफा ७.६० प्रतिशतले घट्यो



काठमाडौं । पुस मसान्तसम्म नेपाल दूरसञ्चार कम्पनीको नाफा ७.६० प्रतिशतले घटेको छ ।

गत आवको दोस्रो त्रैमासमा कम्पनीको नाफा ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ रहेकोमा अहिले ७.६० प्रतिशतले घटेर ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ रहेको छ ।

यो अवधिमा कम्पनीको कुल आय २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २२ अर्ब १० करोड ११ लाख ३७ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा कुल आय ३.५८ प्रतिशतले घटेको छ ।

यस्तै कम्पनीको कुल सञ्चालन आय १७ अर्ब २४ करोड ६७ लाख ७९ हजार रुपैयाँ रहेको छ । उक्त रकम गत आ.व. को सोही अवधिमा १८ अर्ब ७ करोड ७३ लाख ४८ हजार रुपैयाँ रहेको छ । यो अवधिमा कुल सञ्चालन आय ४.५९ प्रतिशतले घटेको छ ।

१८ अर्ब चुक्ता पुँजी रुपैयाँ रहेको टेलिकमको रिजर्भ कोषमा ७२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ६८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ भने ५०३ रुपैयाँ ७६ पैसा रहेको छ ।


क्लिकमान्डु