रिडी पावरले हकप्रद सेयर निष्कासन गर्ने



काठमाडौं । रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले १ः०।५० अनुपातमा ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

फागुन १८ गतेदेखि निष्कासन हुने हकप्रद सेयरमा माघ २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । कम्पनीले माघ २२ गते बुक क्लोज गरिसकेको छ ।

हकप्रद सेयरमा आवेदनकर्ताले चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

आवेदन मुक्तिनाथ क्यापिटलका साथै मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएको शाखाबाट दिन सकिनेछ । यस्तै धितोपत्र बोर्डबाट आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासन पछि २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ


क्लिकमान्डु