कृषि र साना तथा मझौला व्यवसायमा कर्जा विस्तार गर्न प्रोत्साहन, सीमा २ करोड पुर्याइयो



काठमाडौं । नेपाल राष्ट्र बैंकले कृषि, साना, घरेलु तथा मझौला उद्योगमा कर्जा विस्तार गर्न प्रोत्साहन गरेको छ । राष्ट्र बैंकले सोमबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै यी क्षेत्रमा प्रवाह भएको कर्जाको सीमा बढाइदिएको छ ।

यसअघि १ करोड रुपैयाँको सीमा रहेको रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमा कृषि, साना, घरेलु तथा मझौला उद्योगका लागि बढाएर २ करोड रुपैयाँ पुर्याएको छ ।

‘कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोड रुपैयाँसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिने छ,’ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा भनिएको छ ।

रिटेल पोर्टफोलियोमा गणना हुने कर्जाको जोखिम भार ७५ प्रतिशतमात्रै हुने भएकाले यी क्षेत्रमा कर्जा विस्तार गर्न बैंकहरु आकर्षित हुनेछन् ।


क्लिकमान्डु