६ महिनामा साढे ५ लाख पर्यटक भित्रिए, पर्यटकीय सेवाका होटलको संख्या २७६ पुग्यो



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालमा साढे ५ लाख पर्यटक भित्रिएका छन् ।

पर्यटक आगमन बढेसँगै पर्यटकीय सेवाका होटलको संख्या पनि बढेको छ । चालु आर्थिक वर्षको ६ महिनासम्ममा नोपलमा दर्ता भएको होटल तथा रिसोर्टको संख्या २१२ वटा पुगेको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ मा पर्यटकीय गतिविधिमा क्रमशः सुधार हुँदै गएको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको पुस महिनासम्म करिब ५ लाख ६० हजार विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका छन् । यो अवधिमा नेपालमा १ लाख ७६ हजार पर्यटक बढेका छन् । गत वर्षको सोही अवधिमा ३ लाख ८४ हजार पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए ।

२०८० असार मसान्तसम्ममा समग्र हवाई सेवा दिने कम्पनीको संख्या २.६ प्रतिशतले वृद्धि भई जम्मा ३९ वटा कम्पनी पुगेको छ । जसमध्ये ९ वटा आन्तरिक र ३० वटा अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनी रहेका छन् ।

२०८० असार मसान्तसम्ममा देशभर ३७ वटा एकतारे, ४३ वटा दुईतारे, ३५ वटा तीनतारे, २७ वटा चारतारे, १७ वटा पाँचतारे होटल, १ वटा पाँच तारे डिलक्स होटल छन । यस अवधिसम्ममा ३ डिलक्स रिर्सोट, २ वटा लक्जरी रिर्सोट, ४ वटा हेरिटेज एवम् बुटिक होटल र १ सय ७ वटा साधारण रिर्सोट गरी जम्मा २ सय ७६ वटा होटल तथा रिर्सोटहरू सञ्चालनमा रहेका छन् ।


क्लिकमान्डु