सानिगाड हाइड्रोको सेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष



काठमाडौ । नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा कोषको कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सानिगाडको प्रति सेयर एक सय रुपैयाँका दरले ८५ करोड ५० लाख रुपैयाँको ८५ लाख ५० हजार कित्ता सेयरको प्रत्याभूति कोषले गर्ने भएको छ ।

सम्झौता भएको मितिले कम्पनीले ६ महिनाभित्र सेयर निष्कासन गरिसक्नु पर्नेछ । ६ महिनाभित्र सेयर निष्कासन नभएमा सम्झौता स्वतः अन्त्य हुनेछ ।


क्लिकमान्डु