गरिबीभित्रको गरिबमा पनि सुदूरपश्चिम अग्र स्थानमा



काठमाडौं । गरिबीको रेखामुनीभित्र पनि अत्यन्त गरिब रहेको प्रदेशमा सुदूरपश्चिम अग्रस्थानमा दरिएको छ । गरिबीभित्रको गरिबको सूची अन्तर्गत सुदूरपश्चिममा गरिबीको बिषमताको दर ८.४१ प्रतिशत रहेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको चौथो जीवनस्तर सर्वेक्षणका अनुसार सबैभन्दा कम गरिबीको बिषमतामा गण्डकी प्रदेश आएको छ । गण्डकी प्रदेशमा यो दर २.३३ प्रतिशत मात्रै रहेको फेला परेको हो ।

सुदूरपश्चिमपछि कर्णाली प्रदेशमा गरिबीको विषमताको दर ६.२५ प्रतिशत पाइएको छ । यस्तै लुम्बिनीमा ५.८ प्रतिशत, वागमतीमा २.६४ प्रतिशत, मधेशमा ४.६२ प्रतिशत र कोशीमा ३.८४ प्रतिशत गरिबीको बिषमताको दर भेटिएको हो ।


क्लिकमान्डु