अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गरेर बैंकको ऋण तिर्ने



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले १ः१ अनुपातमा १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले माघ १५ गते बुक क्लोज गरिसकेको छ । माघ १४ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

हकप्रदमा फागुन १७ गतेदेखि चैत ७ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटलका साथै मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएका शाखाबाट आवेदन दिन सकिनेछ ।

यस्तै धितोपत्र बोर्डबाट सी–आस्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत मार्फत आवेदन दिन सकिने छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ रहेको रहेको छ । कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ काबेली–१ क्यास्केड जलविद्युत आयोजना निर्माण गर्दा बैंकबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग गर्ने जनाएको छ ।

कम्पनीले ग्लोबल आइएमई बैंकको ८१ करोड ७२ लाख ८१ हजार रुपैयाँ र कुमारी बैंकको ११ करोड ६७ लाख ३०० रुपैयाँ ऋण भुक्तानी गर्ने जनाएको छ ।


क्लिकमान्डु