व्यवसायी अरुण चौधरीलाई रिहा गर्न आदेश दिने न्यायाधीशलाई मुगु सरुवा



काठमाडौं । बाँसवारी जुत्ता कारखाना जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र अन्य २ जनालाई रिहा गर्न आदेश दिने न्यायाधीशको सरुवा भएको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरूवा गरिएको हो ।

व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसवारी छाला तथा जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण थापा र सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको थियो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनलाई काजमा मुगु जिल्ला अदालतमा सरुवा छन् ।


क्लिकमान्डु