सुनसरीमा भारतीय गाडीमा फेला पर्‍यो झण्डै २ करोडको नक्कली नेपाली नोट



विराटनगर । सुनसरीबाट प्रहरीले सवा करोडभन्दा धेरै नक्कली नोट फेला पारेको छ । भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला परेको हो ।

इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोलाको पुलनजिकबाट आइतबार प्रहरीले उक्त परिमाणको रकम फेला पारेको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले जानकारी दिए ।

सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियोमा खानतलासी गरेको थियो ।

नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेका छन् भने अर्का एक फरार रहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु