१०४ बाइक तथा स्कुटर लिलाम गर्दै भन्सार विभाग, कुनको मूल्य कति ?



काठमाडौं । भन्सार विभागअन्तर्गतको भैरहवा भन्सार कार्यालयले १०४ थान बाइक तथा स्कुटरहरु लिलाम गर्ने भएको छ ।

कार्यालयले एक सूचना प्रकाशित १०४ थान बाइक तथा स्कुटर लिलाम गर्न लागिएको जानकारी दिएको हो । विभागकाअनुसार चोरी निकासी तथा पैठारीको अभियोगमा पक्राउ परेका बाइक तथा स्कुटर (दुईपांग्रे) जेजस्तो अवस्थामा छन् सोही अवस्थामा सिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्री गर्न लागिएको हो ।

लिलाम गरिने बाईक तथा स्कुटरहरुमा हन्डा, हिरो, बजाज, यामाहा, टिभिएस, हिरोहन्डा, केटिएमलगायतका बाइकहरु रहेका छन् ।

त्यस्तै, विभिन्न मुद्दामा रहेका पत्रु (स्क्रयाप) दुई पांग्रे मोटर साइकल र स्कुटर पनि लिलाम गरिने कार्यालयले जनाएको छ । यी पत्रु मोटरसाइकल तथा स्कुटर भने १८० थान रहेको कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयअनुसार आगामी २१ दिनभित्रमा बोलपत्रमा दरखास्त दिन सकिनेछ ।


क्लिकमान्डु