एनसेल सेयर खरिद प्रकरण: छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन



काठमाडौं । एनसेलको शेयर खरिद-बिक्री सम्झौताबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई समितिले निर्देशन दिएको छ ।

आइतबार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सरकारलाई एनसेलको सेयर खरिद-बिक्री सम्झौताबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गरी तत्काल समितिलाई उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई निर्देशन दिएको हो ।

समिति बैठकमा सरकारलाई निर्देशन दिँदै समिति सभापति ऋषिकेश पोखरेलले लुम्बीनी विकास कोषले आजसम्म रामग्राम क्षेत्रमा गरिएको सम्झौता लगायत सबै कार्यहरु आजका मितिदेखि खारेज गर्ने सरकारलाई निर्देशन दिए । उनले सम्झौता कार्यमा संलग्नमाथि अनुसन्धान गर्न प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिए ।


क्लिकमान्डु