सेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १०.५० अंकले घटेर परिसूचक २०८५.८२ बिन्दु कायम भएको छ ।

३०५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १९९ कित्ता सेयर ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४७२ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे बनेका छन् ।

बैंकिङ समूहको ९.०१, वित्त ९.६१, होटल ८८.०८, जीवन बिमा ३०.५०, उत्पादन तथा प्रशोधन १६८.माइक्रोफाइनान्स १६.०४, निर्जीबन बिमा समूहको उपसूचक ४२.६२ अंकले घटेको छ ।

कारोबारमा समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै कुथेली बुखरी स्मल हाईड्रोपावर, त्रिशुली जलविद्युत कम्पनी, दोर्दीखोला जलविद्युत कम्पनी, माया खोला हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

कारोबारमा युनिलिभर नेपाल, गुँरास लघुवित्त वित्तीय संस्था, गणपति लघुवित्त, किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु