बुटवल पावरको नाफा २२ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी ५ रुपैयाँ



काठमाडौं । बुटवल पावर कम्पनीको नाफा घटेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा २२.०४ प्रतिशतले घटेर १७ करोड ८३ लाख १८ हजार रुपैयाँमा सिमिति भएको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा २२ करोड ८७ लाख १८ हजार रुपैयाँ रहेको थियो ।


यो अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेको छ । विद्युत बिक्रीबाट हुने आय घटेपछि त्यसको असर नाफामा देखिएको छ । विद्युत बिक्रीबाट हुने आय ४‍.०८ प्रतिशतले घटेर ४१ करोड ३९ लाख ३७ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ४३ करोड १५ लाख ६५ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको अन्य आम्दानी ५ करोड ७७ लाख ७१ हजार रुपैयाँ रहेको छ भने वित्तीय आम्दानी २ करोड ७० लाख रुपैयाँ रहेको छ ।

३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ सेयर पुँजी रहेको कम्पनीको अन्य इक्विटी ३ अर्ब ६३ करोड ८५ लाख ३५ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ २३ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ७३ पैसा रहेको छ ।


क्लिकमान्डु