हिमालयन रिइन्स्योरेन्सले बोनस दिने, पुँजी पुर्‍याउन हकप्रद सेयर निष्कासन गर्ने



काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/२०८० को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगदसहित ४.२१ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीले फागुन २० गते वार्षिक साधारणसभा बोलाएको छ । सभामा उक्त लाभाश दिने प्रस्ताव पेश गरिने छ । बोनस सेयर वितरण पछि कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव सभामा पेश गर्ने भएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन ७ गते बुक क्लोज गर्ने भएको छ । फागुन ६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन सक्नेछन् ।

बिमा प्राधिकरणले पुनर्बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २० अर्ब पुर्याउन निर्देशन दिएपछि हिमालयनले हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।


क्लिकमान्डु