सोनापुर मिनरल्स एण्ड आयलका सञ्चालकको भत्ता सवा करोड



काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलका सञ्चालकले गत आर्थिक वर्षमा १ करोड २५ लाख १९ हजार ८६५ रुपैयाँ तलब भत्ता तथा सुविधा लिएका छन् ।

कम्पनीको अध्यक्षमा रतन लाल तायल रहेका छन् । यस्तै प्रबन्ध सञ्चालनमा निपेश तायल रहेका छन् । सञ्चालकमा प्रकाश तायल, भिम प्रशाद पाठक र एलिसा पाण्डे रहेका छन् ।

कम्पनीमा प्रबन्ध सञ्चालकको ४८ लाख ६१ हजार ४४४ कित्ता, सञ्चालक प्रकाश तायलको १५ लाख ७४ हजार ८०७ कित्ता, अध्यक्षको १५ लाख ७४ हजार ८०६ कित्ता र एलिसा पाण्डेको १ लाख ८४ हजार ५०२ कित्ता सेयर स्वामित्व रहेको छ ।

कम्पनीका प्रबन्ध संचालकद्वारा कार्यकारी प्रमुखको रुपमा कार्य गदै आएको जनाएको छ । कम्पनीले गत आवको नाफाबाट सेयरधनीको हात खाली बनाएको छ ।


क्लिकमान्डु