हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाइ ४.२१ प्रतिशत लाभांश दिने निर्णय गरेको जनाएको छ ।

कम्पनीले गत आवको नाफाबाट ४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु