चिनियाँ ब्राण्ड उलिङ्ग ईभी भ्यान नेपालमा सार्वजनिक हुँदै, सिंगल चार्जमा ३०० किमि रेञ्ज



काठमाडौं । नेपालमै पहिलो पटक ८ वर्ष वा ४ लाख किमि वारेन्टी भएको उलिङ्ग ईभी कमर्सियल भ्यान सार्वजनिक हुने भएको छ ।

कमर्सियल गाडीहरुको नेपालको डिलर शशिला मोटर्स् प्रालिले आफ्नो व्यवसायलाई व्यापक बनाउँदै विश्वप्रसिद्ध इभी उत्पादक उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेड बीच नेपालका लागि आधिकारिक बितरकको रुपमा सम्झौता गरेको छ ।

उलिङ्ग मोटर्स होल्डिङ्गसँग गाडी उत्पादनको ४० वर्ष बढी अनुभव छ भने टेक्नोलोजी र मेसिनरी उत्पादनमा १०० वर्ष बढीको अनुभव रहेको छ । उलिङ्ग मोटर्स चीनमा चर्चित तथा प्रसिद्ध ब्रान्ड हो । यस सम्झौता पश्चात शशिला मोटर्स उलिङ्ग मोटर्सबाट उत्पादित इलेक्ट्रिक कमर्सियल भ्यान तथा अन्य कमर्सियल गाडीहरुको लागि एकमात्र आधिकारक बितरकको रुपमा रहनेछ ।

सम्झौतामा शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडा र उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडका बोर्ड अध्यक्ष युवान जिजुनले हस्ताक्षर गरेका छन् ।

नेपाली बजारमा उलिङ्गको ११ सिटर ईभी भ्यानहरु सार्वजनिक हुँदै

शशिला मोटर्स् र उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडको सहकार्यमा ११ सिट क्षमताको इभी भ्यान नेपाली बजारमा सार्वजनिक गर्न लागिएको छ ।

उक्त मिनि भ्यान वातावरण मैत्री तथा प्यासेन्जर ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने कम्पनीले जनाएको छ । साथै इभि भ्यानहरु मध्ये ग्राहकको पहिलो रोजाईमा स्थान बनाउन सफल हुने विश्वास कम्पनीको छ ।

नेपालको यातायात क्षेत्र विद्युतिकरणमा रुपान्तरण हुँदै गइरहेको वर्तमान परिस्थितीमा आरामदायी उलिङ्ग इभी कोशेढुङ्गा साबित हुने कम्पनीको दाबी छ । यसका साथै कार्वन उत्सर्जनमा कमी गर्न यसले महत्वपूर्ण योगदान पुर्‍याउने जनाइएको छ ।

यही अप्रिल २०२४ बाट नेपाली बजारमा उक्त भ्यान उपलब्ध हुने कम्पनीका प्रबन्ध निर्देशक खतिवडाले जानकारी दिए ।

उलिङ्ग इभी भ्यानका प्रमुख बिशेषता

नेपालकै पहिलो पटक इभी भ्यान सेग्मेन्टमा ८ वर्ष वा ४ लाख किमि सम्मको वारेन्टी भएको ।
४१.८७ किवा आवर ब्याट्री ।
कटिङ्ग एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक ।
सिङ्गल चार्जमा ३०० किमि रेञ्ज ।
११ सिट क्षमताको भएको इभीमा सहज यात्राका लागि आरामदायी सिट ।
४.९ मिटर लम्बाई भएकोले पर्याप्त खुल्ला ठाँउ सहित उत्कृष्ट आन्तरिक सजावट भएको ।


क्लिकमान्डु