राष्ट्रिय जीवन बीमा कम्पनीले बिमितलाई बोनस दिँदै



काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले बिमितलाई ६५ रुपैयाँका दरले लाभांश दिने भएको छ ।

कम्पनीले २०६७/६८ देखि २०६९/७० सम्म कायम रहेको बिमा पोलेसीको बोनसदर कायम गरेको हो ।

कम्पनीले १ लाख ६२ हजार ७ सय २१ वटा बिमा पोलेसीको आर्थिक स्थितिको लेखाजोखा दायित्व मूल्यांकन सम्बन्धी बिमाङ्कीय मूल्याङ्कन प्रतिवेदन नेपाल बिमा प्राधिकरणबाट स्वीकृत गराएको छ । अब कम्पनीले प्रतिहजार बिमालेख वापत ६५ रुपैयाँ बोनस कायम गरेको छ ।


क्लिकमान्डु