आईफोन बनाउने ताइवानको कम्पनी फक्सनले भारतमा सवा १९ अर्ब लगानी गर्ने



काठमाडौं । ताइवानको विद्युतीय उपकरण उत्पादक कम्पनी फक्सकनले भारतमा १९ अर्ब १५ करोड ३० लाख नेपाली रुपैयाँ (१२ अर्ब भारतीय रुपैयाँ) लगानी गर्ने भएको छ ।

फक्सकनले आफ्नो सब्सिडियरी कम्पनी हानहाइ टेकनोलोजी इण्डियामार्फत भारतमा नयाँ उद्योग बनाउनका लागि यो लगानी गर्न लागेको हो । फक्सकन आइफोन बनाउने कम्पनी हो ।

कम्पनीले नयाँ फ्याक्ट्री बनाउनका लागि पहिले नै जमिन खरिद गरेको छ । भारतीय सञ्चारमाध्यमकाअनुसार गत वर्ष नै फक्सकनले भारतमा आफ्नो कम्पनीलाई स्थापित गर्नका लागि १ खर्ब ९८ अर्ब ५८ करोड नेपाली रुपैयाँ (१ अर्ब ५० करोड अमेरिकी डलर) लगानी गर्ने जनाएको थियो । सोहीअनुरुप अहिले कम्पनीले भारतमा १९ अर्ब १५ करोड ३० लाख लगानी गर्न लागेको हो ।
यो परियोजनाका लागि कम्पनीले आफ्नो सञ्चालन खर्चअन्तर्गतबाट लगानी गर्ने जनाइएको छ । फक्सकनले विश्वव्यापी रुपमा चर्चित एप्पल कम्पनीका उपकरणहरुको उत्पादन गर्ने गरेको छ । कम्पनीले एप्पलका सम्पूर्ण उत्पादनमध्ये ६८ प्रतिशत सामग्री उत्पादन गर्ने गरेको छ ।


क्लिकमान्डु