एशियन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई बोनस दिने, हकप्रद ल्याउँदै



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७.५ प्रतिशतले हुन आउने २४ करोड ४५ लाख ३५ हजार ७ सय ९० रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको हो ।

इन्स्योरेन्सले नगद लाभांश भने कर प्रयोजनका लागि मात्रै छुट्याएको छ । कर प्रयोजनका लागि कम्पनीले ०.४०७८ प्रतिशतले हुन आउने १ करोड २८ लाख ७० हजार ३ सय ५० रुपैयाँ नगद लाभांशको लागि छुट्याएको छ।

कम्पनीले गत आर्थिक वर्षको बोनसबाट चुक्ता पुँजी ५ अर्बको सीमामा नपुग्ने भएपछि हकप्रद पनि ल्याउने तयारी गरिरहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ लाख ५ सय १७ रुपैयाँ रहेको छ । बोनस सेयर जारी गरेपछि चुक्त पुँजी २ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३ सय ७ रुपैयाँ पुग्नेछ ।

कम्पनीले बोनस सेयर जारी पछिको चुक्ता पुँजीको ४२ प्रतिशत अर्थात १:०.४२ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । हकप्रद पछि भने कम्पनीको चुक्ता पुँजी ५ अर्बको सीमामा पुग्नेछ ।

इन्स्योरेन्सले बोनस सेयर प्रस्ताव पारित गर्न फागुन १८ गते आफ्नो १६ औ साधारणसभा गर्ने निर्णय गरेको छ । सञ्चालक समितिको १९० औँ बैठकले फागुन १८ गते बारा जिल्लाको होटल क्लासिकमा साधारणसभा गर्ने भएको हो ।

कम्पनीले साधारणसभाका लागि फागुन ८ गते बुकक्लोज गर्नेछ ।


क्लिकमान्डु