हिमालयन लाइफ इन्स्योरेन्सका सीईओको तलब १ करोड १७ लाख



काठमाडौं । हिमालन लाइफ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृतलाई १ करोड माथि तलब भत्ता दिएको छ ।

इन्स्योरेन्सले सार्वजनिक गरेको वार्षिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७९/८० मा सीईओले कुल १ करोड १७ लाख ६९ हजार ४ सय ६८ रुपैयाँ तलब बुझेका हुन् । यो कर बाहेकको रकम हो ।

हिमालन लाइफ इन्स्योरेन्समा हाल सीईओ मनोज कुमार लाल कर्ण रहेका छन् ।

सीईओको तलब भत्ता एक वर्षमा ९ लाख ३६ हजार रुपैयाँले बढेको हो । आर्थिक वर्षमा सीईओको तलब १ करोड ८ लाख २३ हजार ८ सय ९२ रुपैयाँ थियो ।


क्लिकमान्डु