गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेकको काम गर्न सक्दैनः मिनेन्द्र रिजाल



काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेकको काम गर्न नसक्ने बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर चुनाव जितेका पार्टीहरुबाट धेरै आशा गर्न नसकिने बताए । उनले अहिलेको गठबन्धनले ५ वर्षका लागि सम्झौता भएको भन्दै नेकपा एमालेले फकाउन नसके प्रधानमन्त्री फेर्नु बाहेकको नयाँ काम हुन नसक्ने जिकिर गरे । उनले गठबन्धनका शिर्ष नेताले सत्ता बाहेक बाँकी सत्य नदेखेको बताए ।

उनले भने, ‘मलाई गठबन्धनको बारेमा झगडा त गर्नुछैन । जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर हामी चुनाव जितेका पार्टी हौँ नि त । त्यो भन्दा खराब के होला । ओनसरी घर्ती भनेको मिनेन्द्र रिजाल हो,मिनेन्द्र रिजाल भनेको घनश्याम भुषाल हो भनेर चुनाव लडेर बनाएको गठबन्धन हो । अब हामीले ५ वर्षका लागि सम्झौता गरेका छौँ । पृथ्वीसुब्बा गुरुङले झुक्याउन, फकाउन, लोभ्याउन सक्नुभएन भने प्रधानमन्त्री फेरेको फे¥यै गर्छौं बाँकी काम गर्नुपरेन । किनभने हिजो पनि भोट घट्दा सरकारम पुग्ने बाटो थियो भने आज यता किन हेर्नुप¥यो । बालुवाटारको बैठकमा बसेर अर्को नेतासँग कुरा मिल्यो भने सत्ताबाट कसैले निकाल्न सक्दैन नि । त्यो भनेको मलाई सत्ता बाहेक बाँकी सत्य छैन । किनभने गठबन्धन बनाएर चुनाव लड्यौँ । प्रधानमन्त्री को हुने थाहा थिएन । निर्वाचन प्रणाली बदल्नै हुँदैन भन्नेकुरा आएको छ । बदल्नैपर्नै कुरा एउटा मात्रै त्यही हो । निर्वाचन प्रणाली नबदलेसम्म गठबन्धन बनिरहन्छ । नारा दिन जानेकै छौँ ।’

नेता रिजालले निर्वाचन प्रणाली बदल्नैपर्ने आवश्यकता रहेको बताए ।


क्लिकमान्डु