गौतमबुद्ध रंगशालाको निर्माण फेरि सुरु हुँदै, प्रदेश सरकारले ७५ प्रतिशत ब्यहोर्ने गरि स्रोत सुनिश्चित



काठमाडौं । चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको प्रथम चरणका लागि बागमती प्रदेश सरकारले स्रोत सुनिश्चित गर्ने निर्णय गरेको छ ।

निर्माणाधिन क्रिकेट रंगशालाको पहिलो चरणका लागि ७५ करोड बराबरको लागत अनुमान भएकोमा त्यसको ७० प्रतिशत प्रदेश सरकारले ब्यहोर्ने र त्यसको स्रोत सुनिश्चित भएको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले जानकारी दिएकी छिन् ।

हास्यकलाकार सिताराज कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) मिलेर निर्माण सुरु गरेको रंगशाला पछिल्लो समय लगानी अभावका कारण उनीहरुले सरकारलाई हस्तान्तरण गरेका थिए । चन्दा संकलनबाट निर्माण गर्ने भन्दै सुरु भएको रंगशाला बनाउने क्रममा रकम अभाव भएको र आफू ऋणमा डुबेको दाबी धुर्मुस सुन्तलीले गरेका थिए ।

हाल भने रंगशालालाई निर्माण गर्नका लागि बागमती प्रदेश सरकारले पहिलो चरणको ७५ करोडमध्ये ७० प्रतिशत ब्यहोर्ने भएको छ । मेयर दाहालले सामाजिक सञ्जालमार्फत भनेकी छिन्, ‘क्रिकेट खेलको विकासका लागि यसले महत्वपूर्ण भूमिका खेल्नेछ । बागमती प्रदेशका माननिय मुख्यमन्त्रीज्यु एवं बागमती प्रदेश सरकारलाई विशेष आभारसहित भरतपुर महानगरपालिकाको तर्फबाट धन्यवाद व्यक्त गर्दछौं ।’


क्लिकमान्डु