अरुण चौधरीलाई थुनामा राख्न आवश्यक छैन, भागे म जिम्मा लिन्छु: शम्भु थापा



काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई थुनामा राख्न आवश्यक नरहेको जिकिर गरेका छन् ।

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासमा बहस गर्दै थापाले पक्राउ परेका चौधरीलाई बाहिरै बसेर मुद्दा लड्न दिनु पर्ने बताएका हुन् ।

उनले चौधरीलाई रिहा गर्दा कुनै प्रमाण नष्ट हुने सम्भावना नहरेको भन्दै म्याद थप गर्न आवश्यक नरहेको तर्क पेस गरेका थिए ।

थापाले प्रतिष्ठित उद्योगी चौधरी नभाग्ने भन्दै त्यसको जिम्मेवारी आफूले लिने बताएका थिए ।

थापाले चौधरीले सार्वजनिक सम्पत्ति खाएको नभइ अक्सनमा राखेको सेयर खरिद गरेको दलिल पेस गरे ।


क्लिकमान्डु