सेयर बजार राताम्मे, सवा ५ अर्बको कारोबार



काठमाडौं । सेयर बजार राताम्मे भएको छ । केही दिन यता बढेको बजार बुधबार भने राताम्मे बनेको छ ।

कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । अन्तिम १५ मिनेटमा बजारले बढ्ने संकेत गरेपनि पुरा हुन सकेन । अन्तिम १५ मिनेटमा बजार ९ अंकले बढेपनि समग्रमा बजारमा २१.६७ अंकको गिरावट देखियो । बजार २१.६७ अंकले घटेर परिसूचक २०९७.९३ बिन्दु कायम भएको छ ।

३१३ कम्पनीको १ करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर ५ अर्ब २९ करोड ५६ लाख ५ हजार रुपैयाँको कारोबार भएको छ । कारोबारमा २९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१५ कम्पनीको घटेको छ । कारोबारमा उत्पादन तथा प्रशोधन समूहबाहेक सबै समूहको उपसूचक राताम्मे भएका छन् ।

कारोबारमा बैंकिङ समूहको ६.८५, विकास बैंक ७९.३०, होटल ११४.१७, होटल ३८.८७, जीवन बिमा १४७.४२, निर्जीबन बिमा ११६.५१ अंकले घटेको छ ।

कारोबारमा सामलिंङ पावर कम्पनी, मदाङकिनी हाईड्रोपावर, पिपुल्स पावर, रावा इनर्जी डेभलपमेन्ट, पिपुल्स हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

यस्तै गुमाउनेमा मिन्चियाम हाईड्रोपावर, स्वाभिमान लघुवित्त, अप्पर साङगे हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु