कर खारेजीको माग गर्दै २२ गते हल बन्द



काठमाडौं । नेपाल चलचित्र संघले माघ २२ गते देशभरका सम्पूर्ण चलचत्रि घरहरु बन्द गर्ने भएको छन् ।

संघका महासचिव नरेन्द्र महर्जनले जारी गरेको विज्ञप्तिमा माघ २२ गते सोमबार देशैभरका चलचित्रघरहरु बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।

पछिल्ला समयमा देशभर रहेका १५० चलचित्र घरहरुको अवस्था नाजुक रहेको र चलचित्र घरहरुको व्यवसाय शून्यप्राय रहेको बताउँदै संघले कर खारेजीको माग गरेको छ ।

चलचित्र क्षेत्रले विभिन्न करहरुको नाममा ३३ प्रतिशतभन्दा बढी करहरु तिर्न बाध्य पारिएको बताउँदै संघले मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागु भएपछि अन्य करहरु नलगाउने संहिता विपरित चलचित्र विकास शूल्क, स्थानीय मनोरञ्जन करलगायतका विभिन्न करहरु लगाइएकाले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको जिकिर गरेको छ । संघले मूल्य अभिवृद्धि कर बाहेकका अन्य अव्यवसायिक करहरुको खारेजीको माग गर्दै सांकेतिक रुपमा हल बन्द गर्ने निर्णय गरेको जनाएको छ ।


क्लिकमान्डु