इलेक्ट्रोनिक स्ट्रिपमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २० मिनेट बन्द भएको छ । विमानस्थल बन्द हुँदा जहाज उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

इलेक्ट्रोनिक स्ट्रिपमा समस्या आउँदा २० मिनेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित भएको हो ।

२ बजेर ५१ मिनेटदेखि ३ बजेर ११ मिनेटसम्म विमानस्थल बन्द भएको हो । अहिले भने समस्या समाधान भएर विमानस्थल सञ्चालनमा आएको छ ।


क्लिकमान्डु