सेयर बजारमा हरियाली, साढे ५ अर्बको कारोबार



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार बढ्दा कारोबार रकम पनि बढ्दै गएको छ ।

बजार मापन गर्ने सूचक १४.८८ अंकले बढेर परिसूचक २११९.६१ बिन्दु कायम रहेको छ । ३०८ कम्पनीको १ करोड ५१ लाख ७८ हजार ३६८द कित्ता सेयर ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा हरियाली छाएको छ । विकास बैंक १२.७९, होटल ८७.९२, जलविद्युत ३९.१८, जीवन बिमा ३६.९१, उत्पादन तथा प्रशोधन ३८.९८, अन्य समूहको उपसूचक ६३.०८ अंकले बढेको छ । बाँकी रहेका बैंकिङ २.०१, माइक्रोफाइनान्स समूहको उपसूचक ११.६२ अंकले घटेको छ ।

कारोबारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । चन्द्रागिरी हिल्स, समाज लघुवित्त वित्तीय संस्था, रावा इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्यका सकारात्म सर्किट लागेको छ ।

कारोबारमा मिड सोलु हाईड्रोपावर, गुँरास लघुवित्त, बिन्धाबासिनी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको ७५ करोड २७ लाख ८६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेुस्रो स्थानमा ङादी ग्रुप पावर र नेपाल रिइन्स्योरेन्स रहेका छन् ।


क्लिकमान्डु