आईफोनमा थर्ड पार्टी स्टोरबाट एप राख्न सकिने



एजेन्सी । एप्पलले छिट्टै नै आफ्नो मोबाईल फोन आईफोनमा थर्ड पार्टी स्टोर (तेस्रो पक्षका स्टोर)हरुबाट पनि एप राख्न सकिने व्यवस्था गर्ने भएको छ ।

कम्पनीले मार्चमा सार्वजनिक हुने आईओएस १७.४ अपडेटसँगै यो सुविधा आईफोनमा दिने जानकारी दिएको हो । योसँगै आईफोनहरुमा एप्पल स्टोरबाट मात्रै नभएर अन्य एप स्टोरहरुबाट पनि एप इन्स्टल गर्न सकिनेछ ।

एप्पलकाअनुसार सुरुवातमा यो सुविधा युरोपेली संघसँग आवद्ध रहेका २७ देशहरुलाई प्राप्त हुनेछन् । त्यसबाहेकका देशहरुमा भने एप्पल स्टोरबाट नै एप इन्स्टल गर्नुपर्ने हुने कम्पनीले जनाएको छ ।

एप्पललाई युरोपको डिजिटल मार्केट एक्टका कारण यस्तो सुविधा ल्याउनुपर्ने बाध्यता आएको हो । जसअनुसार कम्पनीले युरोपमा आइफोन प्रयोगकर्ताका लागि धेरै विकल्पहरु दिनुपर्ने व्यवस्था गरेको छ । तर, यसले सम्भावित जोखिम भने पैदा गर्ने गर्छ ।

कुनै पनि फोनमा एप इन्स्टल गर्नका लागि रहेको आधिकारिक एप स्टोरबाहेकबाट एप डाउनलोड तथा इन्स्टल गर्दा त्यसले डेटा सुरक्षादेखि फोनमा अरुको अनाधिकृत प्रवेश हुने जोखिमहरु पैदा गर्न सक्छ । आइफोनमा एप्पल स्टोर र इन्स्ड्रोइडमा गुगल प्ले स्टोर हालसम्म आधिकारिक एप स्टोर रहेका छन् ।

हाल एपल स्टोरबाट मात्रै एप इन्स्टल गर्ने अनुमति रहेको आइफोनमा थर्ड पार्टी स्टोरबाट पनि एप राख्न मिल्ने सुविधा दिँदा उत्पन्न हुन सक्ने सम्भावित जोखिमहरुसँग जुँध्नका लागि कम्पनीले काम गरिरहेको बताएको छ ।

थर्ड पार्टी स्टोरबाट एपहरु इन्स्टल गर्दा त्योसँगै मालवेयरहरु आउन सक्ने तथा फोनमा अरुले अनाधिकृत प्रवेश गर्न सक्ने जस्ता जोखिमहरु पैदा हुन सक्ने भएकाले हाल कम्पनीले विभिन्न एपहरुलाई परिक्षण गरिरहेको छ । सँगै कम्पनीले आइफोनका लागि सुरक्षित रहेका एपहरुको बारेमा पनि जानकारी जुटाइरहेको छ ।


क्लिकमान्डु