भारतको पहिलो ‘युनिकर्न’ बन्यो एआई स्टार्टअप ‘कृत्रिम’



एजेन्सी । भारतको एआई स्टार्टअप कम्पनी ‘कृत्रिम’ युनिकर्न कम्पनी बनेको छ ।

भारतमा चर्चित रहेको ओला क्याब र ओला इलेक्ट्रिकका संस्थापक भाविश अग्रवालको एआई स्टार्टअप कम्पनी युनिकर्न बन्ने भारतकै पहिलो एआई स्टार्टअप भएको छ । कम्पनीको भ्यालुएसन १ बिलियन अमेरिकी डलर पुगेसँगै कृत्रिम युनिकर्न स्टार्टअप बनेको हो ।

१५ डिसेम्बर २०२३ मा सुरु भएको यो स्टार्टअप कम्पनी आगामी दिनमा एआई इकोसिस्टमका लागि सर्भर र सुपर कम्प्युटर बनाउने गरि खोलिएको कम्पनीले जनाएको छ ।

योसँगै कम्पनीले लार्ज ल्यांग्वेज मोडल (एलएलएम)मा आधारित भएर डेटा सेन्टरको पनि विभास गरिरहेको छ । कम्पनीका संस्थापक भाविशले बताएअनुसार भारतको आफ्नै एआई प्रणाली बनाउनु पर्ने भएकाले कृक्रिम त्यसका लागि प्रतिबद्ध रहेको छ।

१ बिलियन अमेरिकी डलर भ्यालुएसन पुगेको कृक्रिम भारतभित्र बोलिने २२ वटा भाषा बुझ्न सक्ने र हिन्दी, तेलगु, मराठीजस्ता १० भाषाहरुमा लेख तथा आर्टिकल तयार गर्न सक्ने किसिमको रहेको गत डिसेम्बरमा एआई सार्वजनिक कार्यक्रममा बताइएको थियो ।


क्लिकमान्डु