कामना सेवा विकास बैंकले दियो साईवर सुरक्षा सम्वन्धी तालिम



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना बैंकका कर्मचारीहरुका लागि साईवर सुरक्षासम्बन्धी एक दिने तालिमको आयोजना गरेको छ ।

बैंकले सञ्चालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागिय प्रमुखहरुलाई सहभागी गराई तालिम दिएको छ ।

नेपाल प्रहरी, साईवर व्युरो प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) नबिन्द्र अर्यालले बैंकका संचालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागिय प्रमुखहरुलाई वर्तमान् अवस्थामा साईबर जोखिमको पहिचान, विश्लेषण र व्यवस्थापन सम्वन्धमा तालिम दिएका थिए ।

उक्त तालिम कार्यक्रममा एसएसपी अर्यालले पछिल्लो समयमा देखिएका विभिन्न किसिमका विद्युतिय ठगी, साईबर अपराध तथा अन्य साईबर सम्वन्धी जोखिमलाई न्यनुनिकरण गर्न बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापन तथा अन्य कर्मचारीहरुले साईबर जोखिमको वारेमा पर्याप्त जानकारी राख्नुपर्ने वताए ।

उक्त तालिमले बैंकका सञ्चालक समिति तथा उच्च व्यवस्थापनहरुको साईबर जोखिम सम्वन्धी ज्ञान अभिवृद्धी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले वताए ।

बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटिएम वुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जाल मार्फत् आफ्नो अत्याधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु