विमानस्थलमा अध्यागमनका हाकिम र एक अधिकृतमाथि प्रहरीको कुटपिट



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका अध्यागमनका कर्मचारीमाथि प्रहरीले कुटपिट गरेका छन् ।

शुक्रबार विमानस्थलमा अध्यागमन अधिकृत छाँयालाल मोक्तानमाथि प्रहरीले कुटपिट गरेको हो । प्रहरीको कुटपिटबाट मोक्तान घाइते भएका छन् । उनललाई उपचारका लागि अस्पताल लगिएको छ ।

उनलाई कुटपिट गरेको बारे सीसी टिभी फुटेज हेरिएको थियो । भिडियो हेर्नेक्रममा प्रमुख अध्यागमन प्रशासक गोगन हमालले ‘प्रहरीले अध्यागमन कर्मचारीमाथि बढी नै गरेको’ बताएपछि उनीमाथि पनि प्रहरीले कुटपिट गरेको विमानस्थल स्रोतको भनाइ छ ।

‘प्रहरीले अध्यागमनका कर्मचारीलाई रक्ताम्मे हुने गरि कुटेपछि सीसीटीभी हेर्ने क्रममा प्रमुख अध्यागमन प्रशासकमाथि पनि कुटपिट भएको छ ‘ स्रोतले भन्यो ।

नेपालबाट भिजिट भिसामा विभिन्न देश जानेहरुबाट अध्यागमनका कर्मचारीहरुले लाखौं रुपैयाँ उठाउने गरेको आरोप लागेपछि प्रहरी र अध्यागमनका कर्मचारीबीच पछिल्लो समय तनाव उत्पन्न भइरहेको छ ।


क्लिकमान्डु