सिटिजन्स लाइफ इन्स्योरेन्सको नाफा २.७४ प्रतिशतले बढ्यो



काठमाडौ । सिटिजन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पुस मसान्तसम्म १२ करोड ३६ रुपैयाँ नाफा कमाएको छ ।

इन्स्योरेन्सले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा गत वर्षको तुलनामा यो वर्ष २.७४ प्रतिशतले नाफामा वृद्धि भएको जनाइएको छ । गत वर्ष इन्स्योरेन्सको यस्तो नाफा १२ करोड ३ लाख रुपैयाँ मात्रै थियो ।

त्यसो त यस वर्ष इन्स्योरेन्सले प्रिमियम शुल्क पनि गत वर्षको तुलनामा धेरै संकलन गरेको छ । गत वर्षको पुसमा बिमितबाट कुल २ अर्ब ४६ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको इन्स्योरेन्सले यो वर्ष २ अर्ब ५७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको हो । कम्पनीको प्रिमियम संकलन गत वर्षको तुलनामा यस वर्ष ४.४७ प्रतिशतले बढेको हो ।

यस्तै यो वर्ष इन्स्योरेन्सले गर्ने लगानीमा पनि वृद्धि भएको छ । गत वर्षको पुस मसान्तसम्म कम्पनीले १२ अर्ब १२ करोड रुपैयाँ अन्य क्षेत्रमा लगानी गरेकोमा यस वर्ष सोही अवधिमा १६ अर्ब ७५ करोड रुपैयाँ लगानी गरेको छ ।

प्राधिकरणले तोकेको ११ वटा क्षेत्रमा इन्स्योरेन्सले यो वर्ष लगानी विस्तार गरेको हो । यस वर्ष कम्पनीले दिर्घकालिन लगानीलाई प्राथामिकतामा राखेको छ भने छोटो समयको लगानीलाई खुम्च्याउँदै लगेको छ ।

कम्पनीले गत वर्षको पुससम्म ९ अर्ब ५६ करोड रुपैयाँ दिर्घकालिन लगानी गरेको थियो भने यो वर्ष यस्तो रकम बढाएर १६ अर्ब १० करोड रुपैयाँमा पुर्याएको हो ।

छोटो अवधिको लगानीलाई भने कम्पनीले खुम्च्याएको छ । गत वर्ष १ अर्ब २३ करोड रुपैयाँ लागनी गरेकोमा यस वर्ष कम्पनीले ६२ करोड ३२ लाख रुपैयाँमात्रै लगानी गरेको हो ।


क्लिकमान्डु