कार्यकालको ७ महिनामै बाहिरिए प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ भट्टराई



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई बाहिरिएका छन् ।

कम्पनीको सञ्चालक समितिको बैठकले बुधबार भट्टराईलाई फागुन एक गतेबाट लागुहुने गरि अवकास दिने निणर्य गरेको हो ।

सीईओ भट्टराई कम्पनीबाट बाहिरिएपछि निमित्तको जिम्मेवारी सिनियर डेपुटी सीईओ सन्तोष प्रसाईंले पाउने भएका छन् ।

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जरमा गएपछि भट्टराई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका थिए ।

मर्जर अगाडि महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत रहेका भट्टराईलाई मर्जरपछि बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओमा २०८० असारमा नियुक्त गरिएको थियो ।

चार वर्षको कार्यकालका लागि नियुक्ति पाएका उनी कार्यकाल नसकिँदै इन्स्योरेन्सबाट बाहिरिएका हुन् ।


क्लिकमान्डु