सेयर बजार स्थिर, १०३ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । निकै उतार चढाबकाबिच सेयर बजार स्थिर बनेको छ । बजार मापन गर्ने सूचक ०.४० अंकले घटेर परिसूचक २०९८.२९ बिन्दु कायम भएको छ ।

३१० कम्पनीको १ करोड १८ लाख १ हजार ३६० कित्ता सेयर ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७५१ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा १०३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३७ को घटेको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ४.९४, जलविद्युत १५.४८, जीवन बिमा ७१.६८, उत्पादन तथा प्रशोधन १३.७०, ट्रेडिङ समूहको २४.६५ अंकले घटेको छ । कारोबारमा विकास बैंक ३.११, होटल २५६.८३, निर्जीबन बिमा ८०.४७, अन्य समूहको उपसूचक ९.७५ अंकले बढेको छ ।

कारोबारमा चन्द्रागिरी हिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल ल्यूब आयलको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ ।

कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको ५५ करोड ९ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा अपी पावर कम्पनी र एनआरएनए इन्फ्रास्टक्चर एण्ड डेभलपेमन्ट कम्पनी रहेको छ ।


क्लिकमान्डु