लोअर ईखुवा हाइड्रोपावरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त



काठमाडौं । साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको लोअर ईखुवा हाईड्रोपावर कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलंलाई नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा लोअर इर्खुवा हाइड्रोपावरको तर्फबाट प्रबन्ध संचालक विश्वेश्वर सुबेदी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

लोअर ईखुवा हाइड्रोपावर नेशनल हाइड्रो पावर कम्पनीको प्रमुख प्रवद्र्धक कम्पनी हो । कम्पनीले १ अर्ब ३० करोड ५० लाख रुपैयाँको २१.५ प्रतिशत अर्थात २८ लाख ५ हजार ७५ं० कित्ता साधारण सेयर (आईपीओ) सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । त्यसका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलंलाई नियुक्त गरेको छ ।

कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात १३ लाख ५ हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र ११.५ प्रतिशत अर्थात १५ लाख ७५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने जनाएको छ ।

कम्पनीले भोजपुर जिल्लामा १४.१५ तल्लो ईखुवा जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको सुरुङ्ग उत्खनन्, सिभिल निर्माण, इलेक्ट्रो मेकानिकल उपकरणहरुको खरिद, हाइड्रो मेकानिकल उपकरणहरुको खरिद तथा निर्माण, तथा प्रसारण लाइनको ब्यवस्थापन भइसक्दा ८५ प्रतिशत काम सकिएको जनाएको छ ।

करिब २ अर्ब ९९ करोड रुपैयाँमा सम्पन्न हुने आयोजनाको लागि माछापुच्छ्रे बैंकको अगुवाइमा नेपाल एसबिआई बैंक र ज्योति विकास बैंकको सहवित्तियकरणमा ऋण लगानी रहेको छ । आयोजनाले निर्माण सकेर चालु आवमा नै विद्युतको ब्यापारिक उत्पादन शुरु गर्ने लक्ष्य लिइएको जनाएको छ ।


क्लिकमान्डु