६ महिनामा विदेसिए साढे ३ लाख नेपाली युवा, युएईमा मात्रै ८५ हजार पुगे



काठमाडौं । स्वदेशमा युवाहरुलाई पर्याप्त रोजगारीको अवसर नहुँदा दैनिक हजारौंको संख्यामा विदेसिदै आएका छन् । सरकारी तथ्याङ्कअनुसार अहिले रोजगारीको खोजीमा दैनिक १५ सयभन्दा बढी युवाहरु विदेशिने देखाउँछ ।

वैदेशिक रोजगार विभागले मासिक रुपमा सार्वजनिक गरेको तथ्याङ्कका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा करिब साढे ३ लाख जान विदेसिएका छन् । पुससम्ममा रोजगारीको खोजी गर्दै नयाँ श्रम स्वीकृति र पुन श्रम स्वीकृति लिई ३ लाख ४३ हजार ४०५ जना विदेसिएका छन् । उक्त अवधिमा ३ लाख ३ हजार ३ जना पुरुष र ३९ हजार ५६७ जना महिला विदेसिएका छन् ।

६ महिनाको अवधिमा नेपालीहरु रोजगारीको खोजी गर्दै १०५ वटाभन्दा बढी देशमा पुगेका छन् । विभागअनुसार नेपालबाट साउनमा ५५ हजार ५७५ जना, भदौमा ५० हजार ८८४ जना, असोजमा ५६ हजार २३५ जना, कात्तिकमा ४३ हजार ६२२ जना, मंसिरमा ७१ हजार २७६ जना र पुसमा ६५ हजार ८१३ जना विदेसिएका छन् ।

६ महिनामा साढेक ३ लाख नेपाली विदेशिदा सबैभन्दा बढी युएई पुगेका छन् । सो अवधिमा नेपालबाट ४ हजार ८५५ जना युएई पुगेका छन् । युएईमा साउनमा ११ हजार ८७ जना, भदौमा ११ हजार ७०९ जना, असोजमा १३ हजार ९०५ जना, कात्तिकमा १२ हजार ४८५ जना, मंसिरमा १८ हजार ४९३ जना र पुसमा १६ हजार ३८५ जना युएई पुगेका छन् ।

युएईपछि कतारमा ६७ हजार ५७० जना, साउदी अरेबियामा ६६ हजार २९६ जना, मलेसियामा ४८ हजा ७६४ जना र कुवेतमा १९ हजार ९३३ जना पुगेका छन् ।

त्यस्तै, दक्षिण कोरियामा ७ हजार ३२४ जना, जापानमा ६ हजार ४१८ जना, क्रोसियामा ६ हजार २४ जना, रोमनियामा ४ हजार ४०९ जना, माल्टामा ३ हजार ९३५ जना, माल्दिभ्समा ३ हजार ८५६ जना नेपाली रोजगारीको खोजी गर्दै पुगेका छन् । त्यसबाहेक अन्य देशमा पनि नयाँ तथा पुनः श्रम स्वीकृति लिएर विदेसिएका छन् ।


क्लिकमान्डु