बुक बिल्डिङ विधिमार्फत सेयर निष्कासन गर्दै यति ब्रुअरी, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिट



काठमाडौं । यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधि मार्फत साधारण सेयर (आईपीओ) निष्काशन गर्नका लागि बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ती सम्बन्धी सम्झौतापत्रमा यति ब्रुअरीका प्रबन्ध सञ्चालक संजीव सर्राफ र क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अन्तर्गत एनआइएमबि एस क्यापिटल लिमिटेडद्वारा बुक बिल्डिङ्ग विधि मार्फत यति ब्रुअरी लिमिटेडको साधारण शेयरहरु सार्वजनिक निष्काशन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यहरुमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको सेवा प्रदान गरिनेछ ।

यति ब्रुअरीको फ्याक्ट्री खैरहनी नगरपालिका–४ चितवन जिल्लामा अवस्थित छ । यति ब्रुअरीले हाल अर्ना, यति, वाईबी, शिखर लगायत किंगफिसर जस्ता चर्चित ब्राण्डका बियर बोतल तथा क्यानमा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।


क्लिकमान्डु