नबिकेको हकप्रद सेयर लिलामी गर्दै घलेम्दी हाईड्रोपावर



काठमाडौं । घलेम्दी हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा नबिकेको ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामी गर्ने भएको छ ।

कम्पनीले मंसिर १० देखि पुस १६ गतेसम्म उक्त सेयर लिलामीमा निष्कासन गर्ने भएको छ । सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड १० लाख कित्ता हकप्रद सेयरमा ७७ लाख ८२ हजार २७६ कित्तामा मात्रै आवेदन परेको थियो । उक्त समयमा बिक्री नभएको सेयर लिलामीमा राखेको छ ।

न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्तामा आवेदन दिन सकिनेछ । आवेदनकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्रमा सहभागी हुन सक्नेछन् ।

माघ ९ देखि माघ २३ गतेसम्म यसमा आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।


क्लिकमान्डु