साना किसान लघुवित्तले पारित गर्‍यो १५ प्रतिशत लाभांश



काठमाडौं । नेपालका ७७ वटा जिल्लामा सञ्जाल विस्तार गरेको साना किसान विकास लुघु वित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

संस्थाको २२ औँ वार्षिक साधारण सभाका अवसरमा संस्थाका अध्यक्ष खेमबहादुर पाठकले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित भएसँगै १५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित भएको हो ।

लघुवित्तले आर्थिक वर्ष २०७९/०८० सम्मको मुनाफाबाट चुक्ता पुँजी ३ अर्ब ३३ करोड १६ लाखको १४ दशमलव २५ प्रतिशतले हुने ४७ करोड ४७ लाख बराबरको बोनस सेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.७५ प्रतिशतले हुने नगद लाभांश २ करोड ४९ लाख गरी जम्मा चुक्ता पुँजीको १५ प्रतिशतले हुने रकम ४९ करोड ९७ लाख रुपैयाँ वितरणका लागि प्रस्ताव पारित गरिएको छ ।

बोनस शेयर पारित भएसंगै लघुवित्तको कुल चुक्ता सेयर रकम ३ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

देशका ७७ जिल्लाका ५४६ स्थानीय तहमा सञ्जाल विस्तार गरी १ हजार ६ सय ३६ साझेदार संस्था मार्फत १० लाख २९ हजार ८ सय ७५ परिवारमा यस वित्तीय संस्थाको सेवा पुगेको कम्पनीले जनाएको छ ।

दलित ११%, जनजाती ३९% र अन्यको ५०% रहेकोमा महिला सहभागिता ७९ प्रतिशत छ । आवद्ध सहकारी संस्थाहरूले ६ करोड ५८ लाख ७६ हजार ५ सय ८५ हजार बराबरीको आन्तरिक पुँजी निर्माण गरी परिचालन गरेका छन् ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. एक आपसमा गाभिएर मिति २०८० असार २४ गतेबाट कारोवार सञ्चालन भएपश्चात यस वित्तीय संस्थाको चुक्ता पुँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार २ सय ४ रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु