मंसिरसम्ममा सेयर धितोमा ८१ अर्ब कर्जा प्रवाह



काठमाडौं । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा सेयर धितोमा ८१ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

असार मसान्तको तुलनामा मंसिर मसान्तसम्ममा सेयर धितोमा जाने कर्जा ६.४ प्रतिशतले बढेर ८१ अर्ब १९ करोड ४ रुपैयाँ पुगेको छ । असार मसान्तमा सेयर धितोमा जाने कर्जा ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ थियो ।

केन्द्रीय बैंकका अनुसार मंसिर मसान्तसम्ममा सेयर धितोमा जाने सबैखाले कर्जा बढेको छ । राष्ट्र बैंकका अनुसार १ करोडभन्दा बढी रकमको सेयर धितोमा जाने कर्जा ७ प्रतिशतले बढेर ४७ अर्ब ८४ करोड ५४ लाख रुपैयाँ पुगेको छ । असार मसान्तमा ४४ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ थियो ।

यस्तै ५० लाखदेखि १ करोडसम्म जाने सेयर धितोको कर्जा ०.६ प्रतिशतले बढेर ११ अर्ब ८४ करोड ५१ लाख रुपैयाँ छ । असार मसान्तमा ११ अर्ब ७७ करोड ४५ लाख रुपैयाँ थियो ।

केन्द्रीय बैंकका अनुसार २५ देखि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जा ९.६ प्रतिशतले बढेको छ । मंसिरसम्ममा १४ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । असार मसान्तमा १२ अर्ब ७८ करोड १९ लाख रुपैयाँ थियो ।

यस्तै २५ लाखभन्दा कम धितो कर्जा ६.४ प्रतिशतले बढेको छ । असार मसान्तमा ७ अर्ब ३ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह भएकोमा मंसिरमा ७ अर्ब ४८ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

केन्द्रीय बैंकले मौद्रीक नीतिको समीक्षामार्फत ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिमभार १५० बाट घटाएर १२५ प्रतिशत कायम गरेको छ । बैंकिङ प्रणालीमा कर्जाको माग घट्दा अधिक तरलता छ । राष्ट्र बैंकको लचिलो नीति र अधिक तरलताका कारण घट्दो ब्याजदरले सेयर बजारमा लगानी बढ्ने लगानीकर्ताहरुको विश्वास छ ।

अहिले बैंहरुले धमाधम ब्याजदर घटाउँदै गएका छन् । ब्याजदर घट्दा सेयर धितोमा जाने कर्जा बढ्ने जानकारहरु बताउँछन् ।


क्लिकमान्डु