एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा दोब्बर डेटा बोनस



काठमाडौं । एनसेलका सबै ग्राहकले अब प्रत्येक ५० रुपैयाँ वा त्यसभन्दा माथिको रिचार्जमा १ हजार एमबीसम्मको बोनस डेटाबाट फाइदा लिन सक्छन् ।

एनसेल आजियाटाले मंगलबार (पुस २४)देखि लागू हुने गरी ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजनाअन्तर्गत प्रदान गरिँदै आएको डेटा बोनसको भोल्युम दोब्बर बनाएको हो ।

यो अफरमा अब ग्राहकले प्रत्येक रिचार्जमा १ हजार एमबीसम्मको डेटा निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ । यसरी पाइने बोनस डेटा अल टाइम वा राति ११ बजेदेखि अर्को दिनको साँझ ६ बजेसम्म प्रयोग गर्न मिल्ने टाइम बेस डेटा भोल्युम हुन्छ ।

बोनस डेटा रिचार्ज गरिएको समयदेखि २४ घण्टासम्म मान्य रहनेछ । एनसेल सापटीमार्फत प्राप्त ब्यालेन्स र ब्यालेन्स ट्रान्सफरको ब्यालेन्सबाहेक सबै तरिकाबाट गरिएको रिचार्जमा यो बोनस डेटा लागू हुन्छ ।

यसअघि, प्रत्येक रिचार्जमा ५ सय एमबीसम्म डेटा पाइने गरी यो बोनस डेटा योजना मंसिर २५ बाट सञ्चालनमा ल्याइएको थियो । अब यसै योजनाअन्तर्गत दोब्बर बोनस डेटा पाइने भएकाले यसले ग्राहकलाई ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ ।


क्लिकमान्डु