आज १५ वटा कम्पनीको साधारणसभा, ११ वटाले बनाए सेयरधनीको हात खाली



काठमाडौं । पुस मसान्त लागेसँगै सूचीकृत कम्पनीलाई साधारणसभाको चटारो रहेको छ । मसान्त नजिकीएसँगै दैनिक दर्जनौ कम्पनीले सभा बोलाएका छन् । आज (शुक्रबार) विभिन्न १५ कम्पनीले सभा बोलाएका छन् ।

१५ वटा कम्पनीमा ४ वटाले मात्रै लाभांश दिने छन् । बाँकी ११ कम्पनीले सेयरधनीको हात खाली बनाएका छन् । आज सभा बोलाएका कम्पनीबाट लाभांश दिने ४ कम्पनीमा सपोर्ट लघुवित्त वित्तीय संस्था, सिक्लेस हाइड्रोपावर, शिवम् सिमेन्ट र बोटलर्स नेपाल (तराई) रहेका छन् ।

यी कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव सहित सभा बोलाएका छन् । आज सभा बोलाएका र गत आवको नाफाबाट लाभांश नदिने कम्पनीमा कुथेली बुखरी स्मल हाइड्रोपावर, नेपाल वेयर हाउजिङ, सामुदायिक लघुवित्त वित्तीय संस्था, न्यादी हाइड्रोपावर, नाडेप लघुवित्त वित्तीय संस्था, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, अपि पावर, मध्य भोटेकोशी, सामलिङ पावर, एशियन हाइड्रोपावर र बोटलर्स नेपाल (बालाजु) रहेका छन् ।

सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको सपोर्ट माइक्रोफाइनान्स लघुवित्त संस्थाले आज सभा बोलाएको छ । कम्पनीले गत आवको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले सभा प्रयोजनका लागि पुस १६ ते बुक क्लोज गरेको छ । १५ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

सिक्लेस हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा आज रहेको छ । कम्पनीले गत आवको नाफाबाट ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले १३ गते बुक क्लोज गरेको छ । १२ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

शिवम् सिमेन्टले आज सभा बोलाएको छ । कम्पनीले गत आवको नाफाबाट १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभा प्रयोजननका लागि १९ गते बुक क्लोज गरेको छ । १८ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

बोटलर्स नेपाल (तराई) ले आज सभा बोलाएको छ । कम्पनीले गत आवको नाफाबाट सेयरधीलाई ६० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभा प्रयोजनका लागि २० गते बुक क्लोज गरेको छ ।

कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीले आज सभा बोलाएको छ । यो पटक कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।
सभामा गत आर्थिक वर्ष २०७९/०८० को नाफा नोक्सान सम्बन्धी हिसाबका विषयमा छलफल हुनेछ । यस्तै आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ । सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गरेको छ ।

नेपाल वेयरहाउजिङ कम्पनीले आज सभा बोलाएको छ । कम्पनीले सेयरधनीको हात खाली बनाएको छ । यो पटक कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको छ । सभामा आर्थिक वर्ष २०७९/८० को नाफा–नोक्सान तथा नगद प्रवाहका विषयमा छलफल हुनेछ । यस्तै आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ । प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गरेको छ ।

सामुदायिक लघुवित्त वित्तीय संस्थाले आज सभा बोलाएको छ । कम्पनीले यो पटक सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले सभामा आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ । सभा प्रयोजनका लागि संस्थाले १९ गते बुक क्लोज गरेको छ ।

न्यादी हाइड्रोपावर कम्पनीले पनि यो पटक सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले आज सभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गरिसकेको छ ।

नाडेप लघुवित्त वित्तीय संस्थाले पनि आज सभा बोलाएको छ । कम्पनीले यो पटक लाभांशको कुनै प्रस्ताव गरेको छैन । सभा प्रयोजनका लागि संस्थाले पुस १९ गते बुक क्लोज गरेको छ ।

फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि सेयरधनीको हात खाली बनाएको छ । यो पटक कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गरेको छ ।

सेयरधनीको हात खाली बनाएको अपि पावर कम्पनीले आज साधारणसभा बोलाएको छ । कम्पनीले सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गरेको छ ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीले आजका लागि सभा बोलाएको छ । सेयरधनीको हात खाली बनाएको कम्पनीले सभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गरेको छ ।

सामलिङ पावर कम्पनीले आजका लागि सभा बोलाएको छ । यो पटक कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको छ । सभामा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गरिसकेको छ ।

सेयरधनीको हात खाली बनाएको एशियन हाइड्रोपावर कम्पनीले आजका लागि सभा बोलाउको छ । सभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गरिसकेको छ ।

बोटलर्स नेपाल (बालाजु) ले आजका लागि सभा बोलाएको छ ।यो पटक कम्पनीले सेयरधनीको हात खाली बनाएको छ । सभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गरेको छ । कम्पनीहरुले प्रस्ताव गरेको लाभांश सम्पन्न हुने सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु