‘लागत घटाउन’ गुगलले फेरि सयौं कर्मचारी निकाल्दै



एजेन्सी । प्रविधिसम्बन्धी कम्पनी गुगलले फेरि कर्मचारी निकाल्ने भएको छ । सन् २०२३ मा पटक-पटक कर्मचारी संख्या घटाएको गुगलले २०२४ को सुरुवातमै डिजिटल सहायक, हार्डवेयर र इन्जिनियरिङ क्षेत्रका सयौं कर्मचारी निकाल्ने भएको हो ।

कम्पनीले कस्ट कटिङ (लागत घटाउन)का लागि कर्मचारीलाई घटाउन लागेको जनाएको छ । ब्लुमबर्गका अनुसार गुगलको यो निर्णयबाट भ्वाइस बेस्ड गुगल असिस्टेन्ट र अगुमेन्टेड रियालिटी हार्डवेयर विभागमा काम गर्ने कर्मचारीको जागिर गुम्नेछ ।

यसबाहेक कम्पनीले गुगलको केन्द्रीय इन्जिनियरिङ विभागका कर्मचारीलाई पनि निकाल्ने निर्णय गरेको छ ।


क्लिकमान्डु