टेलिकमको विन्टर अफर, जनतालाई अझै सस्तोमा डेटा सेवा सुविधा



काठमाडौं । नेपाल टेलिकमले विन्टर अफर ल्याएको छ । यो अफरअनुसार जनतालाई अझै सस्तोमा डेटा सेवा सुविधा उपलब्ध हुने भएको छ ।

टेलिकमले समय-समयमा विभिन्न प्रकारका अफर उपलब्ध गराउँदै आएको छ । यसै क्रममा पुस २७ देखि लागू हुने गरी विन्टर अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याकहरु उपलब्ध ल्याएको छ । यस्तो प्याकमा फोरजी डाटा अफरलाई अझै आकर्षक बनाउने भएको छ ।

टेलिकमले १ दिनको समयावधिका  लागि १९ रुपैयाँमा नै ४०० एमबी र ३३ रुपैयाँमा १२०० एमबी डाटा उपलब्ध हुनेछ । ७ दिनको समयावधिका लागि लागि १०९ रुपैयाँमा ५ जीबी र २८ दिनको समयावधिका लागि २९८ रुपैयाँमा ७ जीबी डाटा उपलब्ध गराउने टेलिकमले जानकारी दिएको छ ।

स्टे कनेक्टेड प्याकअन्तर्गत ५ दिनको समयावधिका लागि १०९ रुपैयाँमा ६ जीबी डाटा १३९ रुपैयाँमा ६ जीबी डाटा र १७० मिनेट अन-नेट भ्वाइस उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ । २ घण्टाको समयावधिका लागि ३५ रुपैयाँमा अनलिमिटेड प्याक लिन सकिने व्यवस्था टेलिकमले गरेको छ ।

यस अघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याक लगायतका विभिन्न आकर्षक प्याकहरु समेत उपलब्ध हुनेछ ।

नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डाटा प्याक पनि निरन्तर रुपमा उपलब्ध हुने टेलिकमका प्रवक्ता शोभन अधिकारीद्वारा जारी एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु